अवरुद्ध सडकबारे सांसदको चासो

काठमाडाैं | साउन ७, २०८१

अवरुद्ध सडकबारे सांसदको चासो

काठमाडौं:     मुलुकका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

    
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद मनबहादुर गुरुङले बर्सातका कारण देशैभरिका अधिकांश सडक अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कास्की निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी गाउँपालिकाका सडक अवरुद्ध छन्, गाउँको सदरमुकामसँग सम्पर्क टुटेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ ।”

    
सांसद महेशकुमार बर्तौलाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको भन्दै तीव्र गतिमा काम गर्न सरकारसँग आग्रह गर्नुभयो । 

    
सांसद महेश बस्नेतले वर्षाका कारण इलामका विभिन्न स्थानमा बाढी पहिरोबाट स्थानीयले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    
सांसद माधव सापकोटाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा वर्षाका कारण बस्ती नै जोखिममा रहेका विषयमा  सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    
सांसद राजेन्द्रकुमार केसीले वर्षाका कारण मुुलुकका धेरै भूभाग बाढीबाट डुबानमा परेका, काठमाडौँ उपत्यकाको ग्रामीण भेगमा पहिरोका कारण  खाद्यान्न बालीनाली तहसनहस भएको तथा दक्षिणकाली वडा नं १ चाल्नाखेलदेखि विद्युत्गृहसम्म पुग्ने सडक २० दिनदेखि अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    
सांसद मेनकाकुमारी पोख्रेलले वर्तमान सरकारले मुलुकमा रहेको भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । 

    
सांसद मुक्ताकुमारी यादवले वर्तमान सरकार महिला, मधेसी, दलितसहितको समावेशी बनाउनुपर्ने माग गर्नुभयो । 

    
 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्