प्रहरी प्रधान कार्यालय तानिए बैदामका डिएसपी श्रेष्ठ, अब सन्तोष आउने

पाेखरा | साउन ७, २०८१

प्रहरी प्रधान कार्यालय तानिए बैदामका डिएसपी श्रेष्ठ, अब सन्तोष आउने प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठ

पोखरा:  वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले तानेको छ । 

 

गत सालको असोजमा बैदामको कमाण्ड सम्हालेका श्रेष्ठलाई गत शुक्रबार प्रहरी प्रधान कार्यालयले कार्य विभाग अन्तरगत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरेको हो ।

 

लेकसाइडका व्यवसायीहरुबाट नगद असुलेको र विभिन्न बहानामा दुख दिएको आरोप लगाउदै उनी विरुद्ध पोखराका पर्यटन व्यवसायीको नाममा अख्तियार तथा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

 

उक्त उजुरी गत महिनाको ३० गते दर्ता भएको थियो । 
 

यो पनि पढ्नुहोस

 

त्यसपछि श्रेष्ठ प्रहरी प्रधान कार्यालय तानिएका हुन् भने उनको स्थानमा मानवस्रोत विभागमा कार्यरत सन्तोष निरौलालाई सिफारिस गरेको छ । 

प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । 

काठमाडौं:   ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभा...

थप पढ्नुहोस्

पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् ।  गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । ...

थप पढ्नुहोस्