नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय

८ महिनापछि पक्राउ उनलाई आज सार्वजनिक गर्दै कास्की प्रहरी

पाेखरा | साउन ४, २०८१

नागढुङ्गा सुकु हत्याकाण्ड: हत्या गरेर भारत छिरेका थिए सञ्जय

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको नागढुंगास्थित युनिक होटलमा भएको हत्याकाण्डको अरोपीलाई आज ४ बजे सार्वजनिक गर्दैछ ।

 

गत सालको मंसिर ५ गते पोखरा महानगरपालिका ८ नागढुंगाको युनिक होटलमा तनहुँ भिमादकी ३८ वर्षिया सुकु विक मृत भेटिएकी थिइन् ।

 

उनै सुकुको हत्या आरोपमा कास्की प्रहरीले सञ्जय विकलाई करिब ८ महिनापछि पक्राउ गरेको हो ।
 

यो पनि पढ्नुहोस

 

प्रहरी स्रोतका अनुसार सञ्जय हत्यापछि भारत भागेका थिए । नेपाल प्रहरीको निगरानीमा रहेको उनलाई चितवनबाट पक्राउ गरेर कास्की ल्याइएको छ ।

 

मृतक सुकु विगत केही वर्षयता नागढुङ्गास्थित शिला रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।

 

उनी मंसिर ५ गते दिउँसो साथीलाई भेट्न जान्छु भनेर रेष्टुरेन्टबाट निस्किएकी थिइन् ।  त्यसको बेलुकीपख उनै सुकु युनिक होटलको कोठामा अचेत अवस्थामा भेटिएकी थिइन् ।

झापा:   जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।       भद्रपुर नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:    बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने...

थप पढ्नुहोस्

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।     भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना म...

थप पढ्नुहोस्