कास्कीको माछापुच्छ्रेमा ३८ जना प्रधानाध्यापकको माग

गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न आवेदन खुल्ला: वडाध्यक्ष क्षेत्री

कास्की | असार २५, २०८१

कास्कीको माछापुच्छ्रेमा ३८ जना प्रधानाध्यापकको माग Photo:Nirajan Adhikari

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ विद्यालयका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको छ । 

 

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै २८ आधारभुत र १० माध्यमिक तहको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो । 

 

‘गाउँपालिकाको शिक्षा व्यवस्थापन तथा सञ्चालन नियमावली दोस्रो संशोधन २०७५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद् १५ को दफा १०२ बमोजिम देहालयबमोजिमका  सामुदायिक विद्यालयमा ५ वर्षका लागि करारमा प्रधानाध्यापकको छनोट गरिने छ,’ माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष  हरिबहादुर क्षेत्री (राजेन्द्र)ले सुनगाभा न्यूजसँग भने ।

 

उनका अनुसार प्रधानाध्यापक छनोट तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ अनुसार इच्छुक माछापुच्छ्रे गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षक तथा हाल कार्यरत रहेका प्रधानाध्यापकहरुले आवेदन दिन सक्ने छन् ।

 

सामाजिक विकास समितिका संयोजक समेत रहेका क्षेत्रीले शैक्षिक गुणस्तर सुधारका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको बताए ।

 

 

‘कुनै पनि शिक्षक एकपटक प्रधानाध्यापक भइसकेपछि अवकाश नपाउने समयसम्म प्रधानाध्यापक हुने परम्परा हाम्रो विद्यालयमा छ, वडाध्यक्ष क्षेत्रीले भने, ‘प्रअ पाठ्यक्रक अनुसार परिवर्तन हुन सक्नुपर्छ अहिले प्राय विद्यालयमा पुरानै पाठ्यक्रम बढेका शिक्षकहरु प्रअ हुनुहुन्छ, नयाँ पाठ्यक्रम अनुसार विद्यालयलाई गतिशिल बनाउन गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो ।’ 

 

वडाध्यक्ष क्षेत्रीले स्थानीयस्तरबाट नै पुराना प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन नदेखिएकाले योग्य र क्षमतावान शिक्षकको माग गरेका आवेदन खुल्ला गरेको बताए । 

 

‘स्थानीयहरुले अहिले विद्यालयमा हुनुभएका प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन आउन नसकेको गुनासो गर्नुभएको छ, उनले भने, ‘कतिपय प्रधानाध्यापक ज्यूहरुले राम्रो काम पनि गर्नुभएको छ, उहाँले पनि गाउँपालिकाको कुनै विद्यालयमा काम गर्ने मनशाय राखेकाले यो आवेदन खुल्ला गरेको हो । 

 

उनले गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार, नयाँ युवा शिक्षकहरुको क्षमताको कदर गर्दै एउटै शिक्षक प्रधानाध्यापक बनिरहने अवस्थाको सिन्डिकेटको अन्त्य, काम गर्न इच्छुक शिक्षकहरलाई अवसरसमेत प्रदान गर्न लागेको बताए ।
 

यसवर्षको एसइई परीक्षाको रिजल्ट सन्तोषजनक नभएको, कुनै विद्यालयमा प्रअले काम नगरेको र कुनै विद्यालयमा प्रअलाई काम गर्न नदिएको भन्ने गुनासो पछि पनि सबैको समझदारीमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको उनले जानकारी दिए ।

 

गाउँपालिकाले प्रधानाध्यापकमा आवेदन दिन विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुती, प्रधानाध्यापक छनोट मापदण्ड अनुसारको अङ्ग पूरा भएको हुनुपर्ने उल्लेख गरेको छ । 

 

प्रधानाध्यापकको लागि साउन ७ गतेसम्म आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ । 

पोखरा:    पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुना...

थप पढ्नुहोस्

म्याग्दी:     मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्...

थप पढ्नुहोस्

चितवन:   पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।   जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ ...

थप पढ्नुहोस्