स्याङ्जामा साइकलबाट लडेर एक किशोरको मृत्यु
स्याङ्जा | असार १९, २०८१
स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्षीय शिवम परियार रहेका छन् ।
उनी गत १५ गते बेलुकी करिब साढे ५ बजे भित्री सडकमा साइकल चलाउने क्रममा लडेर घाइते भएका थिए ।
उनको उपचारको क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको हो ।
साइकलबाट लडेका परियारको दाया खुट्टा र भित्री भागमा चोट लागेको थियो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

