यू–१५ विद्यालय खेलकुदमा बागमती प्रदेश च्याम्पियन

पाेखरा | जेठ ३१, २०८१

यू–१५ विद्यालय खेलकुदमा बागमती प्रदेश च्याम्पियन

पोखरा:   गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

 

११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो ।

 

लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते ।

 

कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई रजत र ५ काश्य र मधेश एक स्वर्ण, दुई रजत र एक काश्य पदक हासिल ग¥यो । 

 

बास्केटबलमा बागमतीलाई दुई स्वर्ण 

 

बास्केटबलतर्फ दुवै स्वर्ण पदक बागमतीले जितेको छ ।

 

छात्रतर्फ गण्डकीलाई ३७–३१ र छात्रातर्फ पनि गण्डकीलाई १३–८ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । 
 

 

फाइलनमा पराजित गण्डकीले दुई काश्य पदक जितेको छ । छात्रतर्फ कोशी प्रदेश र छात्रातर्फ कर्णालीले रजत पदक जिते । 


 

यो पनि पढ्नुहोस

 

 

टेबल टेनिसमा बागमतीको वर्चश्व 

 

टेबल टेनिसमा बागमतीले १० पदक जितेको छ । बागमतीले ५ स्वर्णसहित ३ रजत र २ काश्य पदक जित्न सफल भयो ।

 

छात्र, छात्रा सिंगल्स, डबल्स र मिक्स डबल्सका ५ इभेन्टमा बागमतीले स्वर्ण पदक जितेको हो । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो । 

 

रग्बीमा कर्णालीलाई दोहोरो स्वर्ण 
 

 

रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ ।

 

छात्रतर्फ फाइनलमा कोशी प्रदेश र छात्रातर्फ बागमती प्रदेशलाई पराजित गर्दै कर्णालीले स्वर्ण पदक जितेको हो । छात्रतर्फ कोशी र छात्रातर्फ बामतीले एकएक रजत पदकमा चित्त बुझाए । मधेश र सुदूरपश्चिमले एकएक काश्य पदक जिते । 

 

एथलेटिक्समा गण्डकी पहिलो 
 

एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिमले सर्वाधिक पदक जित्यो ।

 

गण्डकीले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भयो । छात्र तथा छात्रा २ सय मिटर दौड र ४ सय मिटर रिले, १ सय मिटर छात्रा दौडमा गण्डकीले काश्य पदक जितेको हो ।

 

लुम्बिनीले ३ स्वर्ण, २ रजत र ६ कास्य, कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक जित्न सफल भए ।  मधेश, कोशी र सुदुरपश्चिमले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल गरे । बागमतीले १ स्वर्ण १ रजत र २ कास्य पदक जित्दै अन्तिममा रह्यो । 

 

ब्याडमिन्टनमा बागमती पहिलो 

 

ब्याडमिन्टनमा पनि बागमती पहिलो बनेको छ । दुई स्वर्ण र तीन काश्यसहित पहिलो बनेको हो ।

 

दुई स्वर्णसहित लुम्बिनी दोस्रो, एक स्वर्ण चार रजत र दुई कास्यसहित गण्डकी तेस्रो बन्यो । कोशी प्रदेशले दुई रजत र चार पदक जिते । 

 

बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण

 

बुद्धिचालमा लुम्बिनी र बागमती प्रदेशले एकएक स्वर्ण पदक जितेका छन् ।

 

छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमतीले समान समान एक स्वर्ण एक रजत जिते । दुवै काश्य पदक सुदूरपश्चिमले जित्न सफल भयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्