यू–१५ प्रतियोगिता: टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

पाेखरा | जेठ ३०, २०८१

यू–१५  प्रतियोगिता:  टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

पोखरा:  पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ ।

 

पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो ।

 

मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा हारेको खैटु र शाक्यको जोडीले रजत पदक हासिल गरेको हो ।

 

सेमीफाइनलमा जयश्नु महर्जन र सुरम्य शाक्यको जोडीले कोशी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरलाई पराजित गरेको थियो । भने, नर्मदा खैटु र रीजन शाक्यको जोडीले लुम्बिनी प्रदेशका सुबिन क्षेत्री र सचिना पुरीको जोडीलाई हराएको थियो । सेमीफाइनलमा पराजित कोशी र लुम्बिनी प्रदेशका खेलाडीले कास्य पदक प्राप्त गरे ।


 

यो पनि पढ्नुहोस

 

 

छात्र डबल्समा पनि स्वर्ण र रजतका बागमती प्रदेशका खेलाडी नै भिडेका थिए । जसमा जयश्नु महर्जन र आर्यन शाहीको जोडीले रिजन शाक्य र एरिस शाक्यको जोडीलाई ३–१ सेटमा पराजित गर्दै स्वर्ण पदको हात पारेको हो ।

 

११–९, ११–५, १०–१२ र ११–८ को सेटमा हारेको शाक्य जोडीले रजत पदकमा चित्त बुझाउनुप¥यो ।

 

छात्र डबल्समा महर्जन र शाहीको जोडीले गण्डकीका दिपनिसा शाही र स्वर्णिम तिमिल्सिनाको जोडीलाई हराएको थियो । भने, शाक्य जोडीले कोशीका सुशान्त मेहता र गौतम तामाङको जाडीलाई पराजित गरेको थियो । सेमीफाइनलमा गुमाएको गण्डकी र कोशी प्रदेश यो विधामा कास्यमा सिमित भयो ।

 

छात्रा डबल्समा पनि बागमतीका सुरम्या शाक्य र नर्मदा खैटुको जोडीले प्रान्जा महर्जन र आर्सना महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराएर स्वर्ण पदक जितेको हो । भने, महर्जन जोडीले रजतमा चित्त बुझाउनुप¥यो ।

 

सेमिफाइनलमा शाक्य र खैटुको जोडीले लुम्बिनीका सचिना पुरी र रोशनी बरालको जोडीलाई पराजित गरेको थियो । भने, महर्जन जोडीले गण्डकीका राजश्री अधिकारी र साक्रिया पोखरेलको टिमलाई हराएको थियो । यो विधामा गण्डकी र लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।

 

प्रतियोगितामा टेबल टेनिसतर्फ छात्र सिंगल र छात्रा सिंगलतर्फ २ स्वर्ण, २ रजत र ४ कास्यका लागि खेल भइरहेको छ ।

 

टेबल टेनिसमा प्रत्येक प्रदेशबाट ४ छात्र ५ छात्रा गरी ८ जना खेलाडी सहभागी छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेल भइरहेको छ । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्