यू–१५ प्रतियोगिता: टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

पाेखरा | जेठ ३०, २०८१

यू–१५  प्रतियोगिता:  टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

पोखरा:  पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ ।

 

पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो ।

 

मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा हारेको खैटु र शाक्यको जोडीले रजत पदक हासिल गरेको हो ।

 

सेमीफाइनलमा जयश्नु महर्जन र सुरम्य शाक्यको जोडीले कोशी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरलाई पराजित गरेको थियो । भने, नर्मदा खैटु र रीजन शाक्यको जोडीले लुम्बिनी प्रदेशका सुबिन क्षेत्री र सचिना पुरीको जोडीलाई हराएको थियो । सेमीफाइनलमा पराजित कोशी र लुम्बिनी प्रदेशका खेलाडीले कास्य पदक प्राप्त गरे ।


 

यो पनि पढ्नुहोस

 

 

छात्र डबल्समा पनि स्वर्ण र रजतका बागमती प्रदेशका खेलाडी नै भिडेका थिए । जसमा जयश्नु महर्जन र आर्यन शाहीको जोडीले रिजन शाक्य र एरिस शाक्यको जोडीलाई ३–१ सेटमा पराजित गर्दै स्वर्ण पदको हात पारेको हो ।

 

११–९, ११–५, १०–१२ र ११–८ को सेटमा हारेको शाक्य जोडीले रजत पदकमा चित्त बुझाउनुप¥यो ।

 

छात्र डबल्समा महर्जन र शाहीको जोडीले गण्डकीका दिपनिसा शाही र स्वर्णिम तिमिल्सिनाको जोडीलाई हराएको थियो । भने, शाक्य जोडीले कोशीका सुशान्त मेहता र गौतम तामाङको जाडीलाई पराजित गरेको थियो । सेमीफाइनलमा गुमाएको गण्डकी र कोशी प्रदेश यो विधामा कास्यमा सिमित भयो ।

 

छात्रा डबल्समा पनि बागमतीका सुरम्या शाक्य र नर्मदा खैटुको जोडीले प्रान्जा महर्जन र आर्सना महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराएर स्वर्ण पदक जितेको हो । भने, महर्जन जोडीले रजतमा चित्त बुझाउनुप¥यो ।

 

सेमिफाइनलमा शाक्य र खैटुको जोडीले लुम्बिनीका सचिना पुरी र रोशनी बरालको जोडीलाई पराजित गरेको थियो । भने, महर्जन जोडीले गण्डकीका राजश्री अधिकारी र साक्रिया पोखरेलको टिमलाई हराएको थियो । यो विधामा गण्डकी र लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।

 

प्रतियोगितामा टेबल टेनिसतर्फ छात्र सिंगल र छात्रा सिंगलतर्फ २ स्वर्ण, २ रजत र ४ कास्यका लागि खेल भइरहेको छ ।

 

टेबल टेनिसमा प्रत्येक प्रदेशबाट ४ छात्र ५ छात्रा गरी ८ जना खेलाडी सहभागी छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेल भइरहेको छ । 

पोखरा:    पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।  मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा...

थप पढ्नुहोस्

काठमाडौं:     नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी घोषणा गरिएको छ । हालसम्म सम्मानित नेता झलनाथ खनाल, अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।   प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन ग...

थप पढ्नुहोस्