यू–१५  प्रतियोगितामा गण्डकी सेमिफाइनलमा प्रवेश

पाेखरा | जेठ ३१, २०८१

यू–१५  प्रतियोगितामा गण्डकी सेमिफाइनलमा प्रवेश

पोखरा:     पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तरगत बास्केटबल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । 

 

पोखरा रंगशालाको बास्केटबल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटबल कोर्टमा हिजो र आज बिहान गरी लिग चरणका खेलहरु सम्पन्न भएको रेफ्रि संयोजक सुनिल लामाले जानकारी दिए ।

 

छात्र तथा छात्रा तर्फको सेमिफाइनल र फाइनल खेल नै आजै हुने भएको छ । छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश बिच हुने भएको छ भने दोश्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र कोशी प्रदेशबीच खेल हुने भएको हो ।

 

उक्त खेल पुन समाज पोखराको बास्केटबल कोर्टमा हुने भएको छ ।


 

यो पनि पढ्नुहोस

 

 

त्यसै गरी छात्र तर्फको खेलमा गण्डकी र मधेश प्रदेश बिच पहिलो खेल हुने भएको छ । त्यसै गरी दोश्रोमा बागमतीले कोशी प्रदेशसंग फाइनल यात्राको लागि भिड्ने भएको हो । उक्त खेल सहित फाइनल खेल पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको बास्केटबल संघ गण्डकीका महासचिव विष्णु गुरुङले बताए ।

 

छात्रतर्फ आज भएको लिग चरणको खेलमा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २५–७ को स्कोरले पराजित गर्यो ।
 

अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई २४–१८ को स्कोरले पन्छायो । बागमती प्रदेशले मधेश प्रदेशलाई ३५–२३ को स्कोरले पराजित गर्दा अर्काे खेलमा कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १९–१० को स्कोरले पराजित गर्यो ।

 

त्यसै गरी छात्रा तर्फको आज भएको लिग चरणको खेलमा गण्डकीले कोशी प्रदेशलाई ११–२ को स्कोरले पराजित गर्यो । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई २६–१८ को स्कोरले पराजित गर्यो । अर्काे खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १०–४ को स्कोरले पराजित गर्यो ।

 

उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

बाँके:     खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ ।  चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज,...

थप पढ्नुहोस्

काठमाडौं:    एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।  यही असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा आयोजना हुने प्रतियोगितामा नेपालको ...

थप पढ्नुहोस्

धादिङ:     जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनका चालकलाई कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरोका चालक कारबाही पर्ने गरेका छन् ।      ...

थप पढ्नुहोस्