यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए
पाेखरा | जेठ ३०, २०८१
पोखरा: गण्डकी प्रदेशको पोखरामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् ।
बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो ।
पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–० स्कोरले पराजित ग¥यो ।
मधेशले लुम्बिनी प्रदेशलाई ४–०, बागमतीले लुम्बिनीलाई २–१, मधेशले सुदूरपश्चिमलाई ४–० स्कोरले पराजित गरे ।
यस्तै कर्णालीले गण्डकी प्रदेशलाई २–० स्कोरले पराजित गर्न सफल भयो ।
यो पनि पढ्नुहोस
महिलातर्फ ३ खेल बराबरीमा सकिँदा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १–० स्कोरले पराजित ग¥यो । महिलातर्फ गण्डकी र बागमती, मधेश र कोशी तथा सूदुरपश्चिम र गण्डकी बराबरीमा रोकिए ।
यी तीन खेलमा दुवैतर्फबाट स्कोर हुन सकेन । महिला र पुरुष दुई इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका छन् ।
काठमाडौं: मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँले मङ्गलबारदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । वि...
गलकोट: बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ । ...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्...




