यू–१५ विद्यालय खेलकुदमा बागमती प्रदेश च्याम्पियन

पाेखरा | जेठ ३१, २०८१

यू–१५ विद्यालय खेलकुदमा बागमती प्रदेश च्याम्पियन

पोखरा:   गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ ।

 

११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो ।

 

लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत र ७ काश्य जित्दै तेस्रो र कर्णाली ५ स्वर्ण, दुई रजत र दुई काश्य जिते ।

 

कोशी एक स्वर्ण, ७ रजत, ८ काश्य, सुदूरपश्चिम एक स्वर्ण, दुई रजत र ५ काश्य र मधेश एक स्वर्ण, दुई रजत र एक काश्य पदक हासिल ग¥यो । 

 

बास्केटबलमा बागमतीलाई दुई स्वर्ण 

 

बास्केटबलतर्फ दुवै स्वर्ण पदक बागमतीले जितेको छ ।

 

छात्रतर्फ गण्डकीलाई ३७–३१ र छात्रातर्फ पनि गण्डकीलाई १३–८ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । 
 

 

फाइलनमा पराजित गण्डकीले दुई काश्य पदक जितेको छ । छात्रतर्फ कोशी प्रदेश र छात्रातर्फ कर्णालीले रजत पदक जिते । 


 

यो पनि पढ्नुहोस

 

 

टेबल टेनिसमा बागमतीको वर्चश्व 

 

टेबल टेनिसमा बागमतीले १० पदक जितेको छ । बागमतीले ५ स्वर्णसहित ३ रजत र २ काश्य पदक जित्न सफल भयो ।

 

छात्र, छात्रा सिंगल्स, डबल्स र मिक्स डबल्सका ५ इभेन्टमा बागमतीले स्वर्ण पदक जितेको हो । दोस्रो बनेको कोशीले २ रजत र २ कास्य प्राप्त ग¥यो । ४ कास्य प्राप्त गरेको लुम्बिनी तेस्रो भयो । आयोजक गण्डकीले २ कास्य जितेको हो । 

 

रग्बीमा कर्णालीलाई दोहोरो स्वर्ण 
 

 

रग्बीमा कर्णाली प्रदेशले दोहोरो स्वर्ण जितेको छ ।

 

छात्रतर्फ फाइनलमा कोशी प्रदेश र छात्रातर्फ बागमती प्रदेशलाई पराजित गर्दै कर्णालीले स्वर्ण पदक जितेको हो । छात्रतर्फ कोशी र छात्रातर्फ बामतीले एकएक रजत पदकमा चित्त बुझाए । मधेश र सुदूरपश्चिमले एकएक काश्य पदक जिते । 

 

एथलेटिक्समा गण्डकी पहिलो 
 

एथलेटिक्सतर्फ गण्डकी प्रदेश टिमले सर्वाधिक पदक जित्यो ।

 

गण्डकीले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भयो । छात्र तथा छात्रा २ सय मिटर दौड र ४ सय मिटर रिले, १ सय मिटर छात्रा दौडमा गण्डकीले काश्य पदक जितेको हो ।

 

लुम्बिनीले ३ स्वर्ण, २ रजत र ६ कास्य, कर्णालीले ३ स्वर्णसहित २ रजत र १ कास्य पदक जित्न सफल भए ।  मधेश, कोशी र सुदुरपश्चिमले समान १ स्वर्ण, २ रजत र १ कास्य पदक हासिल गरे । बागमतीले १ स्वर्ण १ रजत र २ कास्य पदक जित्दै अन्तिममा रह्यो । 

 

ब्याडमिन्टनमा बागमती पहिलो 

 

ब्याडमिन्टनमा पनि बागमती पहिलो बनेको छ । दुई स्वर्ण र तीन काश्यसहित पहिलो बनेको हो ।

 

दुई स्वर्णसहित लुम्बिनी दोस्रो, एक स्वर्ण चार रजत र दुई कास्यसहित गण्डकी तेस्रो बन्यो । कोशी प्रदेशले दुई रजत र चार पदक जिते । 

 

बुद्धिचालमा लुम्बिनी र बागमतीलाई स्वर्ण

 

बुद्धिचालमा लुम्बिनी र बागमती प्रदेशले एकएक स्वर्ण पदक जितेका छन् ।

 

छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमतीले समान समान एक स्वर्ण एक रजत जिते । दुवै काश्य पदक सुदूरपश्चिमले जित्न सफल भयो । 

तनहुँ:     पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खो...

थप पढ्नुहोस्

काठमाडौं:     पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेक...

थप पढ्नुहोस्

सिन्धुली:     लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका–२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुल...

थप पढ्नुहोस्