विन्ध्येश्वरी आदर्शमा हाजिरीजवाफ प्रतियोगिता

पाेखरा | जेठ २५, २०८१

विन्ध्येश्वरी आदर्शमा हाजिरीजवाफ प्रतियोगिता

पाेखरा:  ‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’ भन्ने मूल नारासहित शैक्षिक क्षेत्रमा त्रियाशिल  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

 

पोखरा महानगरपालिका १ मोहरिया टोलमा रहेको सो विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।

 

गणित हाजिरीजवाफ प्रतियोगितामा आधारभूत (सिनियर) तथा मा.वि.तहमा धौलागिरी सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का छात्र सुजन राई, कक्षा ६ का छात्रहरुद्वय आदित्य बिक र दिजन मल्ल प्रथम भए ।

 

यस्तै  कञ्चनजङ्घा सदनबाट कक्षा १० की छात्रा निरसरा पौडेल, कक्षा ९ की छात्रा अंशु भुजेल, कक्षा ६ का छात्रछात्राद्वय दिप्सन सुवेदी र सविता सुनार द्वितीय भए । 

 

यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा धौलागिरी सदनबाट कक्षा ५ का छात्रा श्रीषा तिमिल्सिना, कक्षा ४ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र सविन बिक र कक्षा ३ का छात्रा मौ भौमिक प्रथम भए ।

यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल, कक्षा ३ की छात्रा प्रेमिका नेपाली र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भए । 

 

दुवै तहतर्फ प्रथम तथा द्धित्तिय स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

 

सो अवसरमा बोल्दै प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई उक्त कार्यक्रमले अध्ययनशिल बनाउन प्रेरित गर्ने धारणा राखे ।

 

मावि तहको कार्यक्रम गणित शिक्षक नीलकण्ठ पौडेल र प्रावि तहको कार्यक्रम नेपाली शिक्षिका शर्मिला शर्माले सञ्चालन गरेकी थिइन् ।
 

विन्ध्येश्वरीले पठनपाठनसँगै विभिन्न अतिरिक्त कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।
 

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नु...

थप पढ्नुहोस्

काठमाडौं:       प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वस...

थप पढ्नुहोस्

पोखरा:      पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक समारोह आयोजना गरी स्कुटर सार्वज...

थप पढ्नुहोस्