मोटरसाइकल चोरी गरेको आरोपमा सुवास पक्राउ
पाेखरा | जेठ २२, २०८१
पोखरा: पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको आरोपमा सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१४ सितलटोलमा पार्किङ गरेर राखेको ग १५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले सुवासलाई पक्राउ गरेको हो ।
पार्किङमा रोकी राखेको मोटरसाइकलमा नक्कली चावी प्रयोग गरेर चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

