अन्नपूर्ण म्याराथनको उपाधि पुरुषतर्फ आर्मीका श्रेष्ठ र महिलातर्फ खोटाङकी राईलाई

पाेखरा | जेठ २१, २०८१

अन्नपूर्ण म्याराथनको उपाधि पुरुषतर्फ आर्मीका श्रेष्ठ र महिलातर्फ खोटाङकी राईलाई

पोखरा:     चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ अन्तर्गत क्रमशः पुरुष र महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र खोटाङकी निर्मला राईले उपाधि जितेका छन् । 


‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा अन्नपूर्ण पदमार्गमा सोमबार म्याराथन सम्पन्न भएको हो।


पुरुषतर्फका विजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेन्डमा पूरा गरे। श्रेष्ठ गत वर्षका उपविजेता हुन्। गत वर्ष सो दूरी उनले चार घण्टा १२ मिनेट ५१ सेकेन्डमा पूरा गरेका थिए।


यसैगरी, दोस्रो भएका सोलुखुम्बुका अर्जुङ कुलुङले चार घण्टा ३५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गरे। उनी पाँच दिनअघि सम्पन्न एभरेस्ट म्याराथनका विजेतासमेत हुन्। तेस्रो भएका जुम्लाका धीरबहादुर बुढाले चार घण्टा ४३ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरे। बुढा गत वर्षका विजेता हुन्। गत वर्ष उनले चार घण्टा १० मिनेट ५१ सेकेन्डमा दूरी पार गरेका थिए।


यसैगरी, महिलातर्फकी प्रथम राईले पाँच घण्टा ३७ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। आर्मीकी सुनसरी रोका पाँच घण्टा ४५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ओखलढुंगाकी छोकी शर्पा पाँच घण्टा ५६ मिनेट ५९ सेकेन्डको दूरी पार गर्दै तेस्रो भए। शेर्पा गत वर्षसमेत तेस्रो भएकी थिइन्।


चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, तउल, घुजुङ चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको आयोजक समितिका अध्यक्ष संयोजक ललित गुरुङले जानकारी दिए।


३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ। सोही दिनको अवसर पारी पदयात्रा मार्गमा म्याराथन आयोजना गर्दै आइएको अध्यक्ष गुरुङको भनाइ छ।

पोखरा:    पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदैछ । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने भएकाले नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलसहित चुना...

थप पढ्नुहोस्

म्याग्दी:     मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्...

थप पढ्नुहोस्

चितवन:   पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।   जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ ...

थप पढ्नुहोस्