धारापानीका आले ड्रग्ससहित पक्राउ
तनहुँ | जेठ १४, २०८१
तनहुँ: तनहुँमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आले रहेका छन् ।
उनले आफ्नै घरबाट लागुऔषध विक्री गर्ने सुचना पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले आलेलाई ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान पक्राउ गरेको हो ।
उनलाई लागुऔषधसम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ।
आलेले आफ्नै घरमा लागुऔषध बिक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

