नेपाल आज क्यानडासँग वार्मअप म्याच खेल्दै
काठमाडाैं | जेठ १४, २०८१
तस्बिर फाइल
काठमाडौं: टी– विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ ।
नेपालले पहिलो पटक टी– विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे) खेल सुरु हुनेछ ।
विश्व कपको तयारीका लागि नेपाली टोली गत महिना अमेरिका आएको थियो । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । यसबीचमा नेपालले वेस्ट इन्डिजामा पनि ३ अभ्यास खेल खेलेको थियो ।
वेस्ट इन्डिजामा विनवार्डस् भोल्क्यानोजसँगको ३ खेल नेपालले २–१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्ससँग दुवै खेल जितेको थियो ।
चोटका कारण दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीनै खेल गुमाएका थिए भने क्यानाडासँगको खेल पनि गुमाउने सम्भावना रहेको छ । दोस्रो वार्म अप खेल नेपालले अमेरिकासँग मे ३० मा खेल्नेछ ।
जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्विरुद्ध खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

