नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग हुने

केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्ने

काठमाडाैं | जेठ १३, २०८१

नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग हुने

काठमाडौं:   नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ ।

 

संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम आयोजना गर्दै लिग गर्ने घोषणा गरेको हो ।

 

पुरुष भलिबल लिग यही वर्ष माघ–फागुन भित्रमा गर्ने तयारी रहेको नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

 

पहिलो संस्करण काठमाडौंमा आयोजना गरिने र त्यसपछि होम एण्ड अवेका आधारमा देशका विभिन्न शहरमा आयोजना हुने संघले जनाएको छ ।

 

लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालिबीच आइतबारै सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

 

सम्झौता ७ वर्षको रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसार पुरुष भलिबल फ्रेन्चाइज लिगको सम्पन्न गर्न लाग्ने खर्च केडिया ग्रुपले व्यहोर्ने छ । यस्तै केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्नेछ ।

 

नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।

पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।   कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता ल...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् ।   क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारम...

थप पढ्नुहोस्

काठमाडौँ:   फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बने...

थप पढ्नुहोस्