मुस्ताङमा ‘हाइअल्टिच्युड’ भलिबल: ब्रदर युनाइटेड च्याम्पियन, हिमाल बने सर्बाेत्कृष्ट

मुस्ताङ | साउन १०, २०८१

मुस्ताङमा ‘हाइअल्टिच्युड’ भलिबल: ब्रदर युनाइटेड च्याम्पियन,  हिमाल बने सर्बाेत्कृष्ट

मुस्ताङ:  घरपझोङ गाउँपालिका—३ स्याङमा सम्पन्न खिल्हा मेला खुल्ला पर्वतीय ‘हाइअल्टिच्युड’ भलिबल प्रतियोगिता २०८१ मा ब्रदर युनाइटेड च्याम्पियन बनेको छ ।

 

स्याङको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर युनाइटेडले मुस्ताङ टाइगर समूलाई ३–० सहित सोझो सेटमा पराजित गर्दै ब्रदर युनाइटेड च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको युनाइटेडले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उक्त टोलीमा विभागीय टोलीका खेलाडीसमेत सम्मिलित थिए ।

 

यस्तै उपविजेता बनेको मुस्ताङ टाइगरले नगद रु ८५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्याे ।

 

कुल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउट चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

 

प्रतियोगिताबाट ब्रदर युनाइटेडका हिमाल सुनारीमगर सर्वोउत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु १० हजार र ट्रफीसहित पुरस्कृत भए । सनारीमगर गण्डकी प्रदेशको क्विक स्पाइकर हुन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्