महिला एसिया कप: बंगालदेशलाई १० विकेटले हराउँदै भारत फाइनलमा
काठमाडाैं | साउन ११, २०८१
एजेन्सी: भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।
८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेको थियो। टोलीकी कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडिन्।
स्वर्ण अख्तरले १९ रन बनाइन् । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिइन्। राधा यावदले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चदै ३ विकेट हात पारिन् । पुजा भास्त्रकर र दिप्ती शर्माले समान १ विकेट लिए।
भारतले पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग फाइनल खेल्नेछ। साविक विजेता समेत रहेको भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

