पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रीलंका फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

काठमाडाैं | साउन ११, २०८१

पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रीलंका फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एजेन्सी:   आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो।

 

पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो। कप्तान चमारी अथापाप्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाईन् । अनुष्का सन्जिवनीले २२ बलमा २४ रन जोडिन् ।

 

पाकिस्तानका लागि सादीया इकवालले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिइन् ।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो ।
 

यो पनि पढ्नुहोस

 

पाकिस्तानका लागि ओपनर मुनिबा अलिले ३४ बलमा सर्वाधिक ३७ रन बनाउँदा अर्का ओपनर गुल फिरोजाले २४ बलमा २५ रन थपिन् ।

 

कप्तान निदा दार र फतिमा सानाले समान २३ रन बनाउँदा अलिया रियाजले १५ बलमा अविजित १६ रन बनाइन् ।

 

श्रीलंकाका कविशा दिलहरी र उडिशिका प्रबोधानीले समान २ विकेट लिए ।

 

श्रीलंकाले आइतबार भारतसँग उपाधिका लागि खेल्नेछ। साविक विजेता भारतले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १० विकेटको जितका साथ फाइनलमा स्थान पक्का गरेको थियो ।

 

भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्