मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण

पाेखरा | बैशाख २३, २०८१

मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण

पोखरा:     मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ । 


प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी विद्यालयलाई शैक्षिक सामाग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।


प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरि ७ विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, बिज्ञान सामाग्री तथा पुस्तक गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छभने १०, ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार ५ विद्यार्थीलाई २० हजार रुपैयाँका दरले १ लाखको छात्रवृत्ति प्रदान गरेको हो ।


छात्रवृत्ति पाउने विद्यार्थीमा निष्पक्ष मावि रिभानकी अस्मिता गिरी, बराह मावि भिंडावारीका अग्रसर लामिछाने, माछापुच्छ्रे मावि भुर्जुङखोलाकी सरिता क्षेत्री, गौरिशंकर मनिलाल माविकी सबिना दाहाल र धारापानी मावि पाउदुरका रोहन परियार रहेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले जानकारी दिए ।


त्यस्तै निष्पक्ष मावि रिभान, बराह मावि भिंडावारी, माछापुच्छ्रे मावि भुर्जुङखोला, शारदा मावि माछापुच्छ्रे १, गौरिशंकर मनिलाल मावि सैतिघट्ट, भारती भवन मावि पुरन्चौर र संगम मावि अन्न्पुर्ण ६ चन्द्रकोटलाई गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सचिव गिरीले बताए ।


वार्षिकोत्सवकै अवसरमा प्रतिष्ठानले हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेको थियो । जसमा निष्पक्ष मावि प्रथम, माछापुच्छ्रे मावि ढिकुरपोखरी द्वितिय, सिर्जना मावि सिम्पाली तृतिय र भारती भवन मावि सान्त्वना हुन सफल भएको थियो ।


बराह माविमा भएको वार्षिकोत्सव कार्यक्रममा आफ्नो मन्तव्य राख्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुृर गुरुङले राज्यले गर्नुपर्ने कार्यलाई प्रतिष्ठानले गरेकोमा आभार प्रकट गरे । 


कार्यक्रममा माछापुच्छ«े गाउँपालिका वडा ५ का वडाध्यक्ष नारायण पौडेल, वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम, बराह माविका प्रधानाध्यापक मिनराज अधिकारिलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिष्ठानका सचिव डिल्लीराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पुर्व कोषाध्यक्ष नरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सञ्चालन प्रतिष्ठानका कोषाध्यक्ष अनिल लामिछानेले गरेका थिए ।


मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरि २०५६ सालमा विधिवत दर्ता गरि शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसका संस्थापक डा। राम गिरी हाल जापानमा छन् । उनलाई नेपालको शैक्षिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको भन्दै जापान सरकारद्वारा अनुमति प्राप्त गैरनाफामूलक जापानी संस्था सामाजिक योगदान सहयोग फाउन्डेसन ९कोएकी जाईदान स्याकाई कोउकेन सिएन जाईदान० ले जापानमा सम्मान समेत गरेको थियो ।


प्रतिष्ठानले पछिल्लो पाँच वर्षमा शिक्षा क्षेत्रमा मात्रै ३१ लाख भन्दा बढी खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्