प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको पत्र,अर्को मुख्यमन्त्री चयन गर्न मिल्दैन

काठमाडाैं | बैशाख १८, २०८१

प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्कीको पत्र,अर्को मुख्यमन्त्री चयन गर्न मिल्दैन

काठमाडौं:     कोशीका मुख्यमन्त्री केदार कार्कीले आफु नेतृत्वमा रहँदारहँदै प्रदेशमा अर्क मुख्यमन्त्री चयन हुन नसक्ने भन्दै त्यसो नगर्न प्रदेश प्रमुखलाई पत्र बुझाउनु भएको छ ।


मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेशसभा बाट पारित संकल्प प्रस्ताव अनुसार प्रदेशमा नयाँ सरकार गठनको आह्वान नगर्न आग्रह गर्नु भएको हो ।


कार्कीले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा आफू नेतृत्वको सरकार रहँदारहँदै अर्को सरकार नबनाउन आग्रह गर्दै आफुले विश्वासको मत समेत लिन नपर्ने उल्लेख गर्नु भएको छ ।


पत्रमा उहाँले प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै कारण गैर संवैधानिक काम नगर्न समेत प्रदेश प्रमुखलाई आग्रह गर्नु भएको छ ।


गत वैशाख ७ गते कोशी प्रदेश सभाबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक, माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव पास भएको छ । संकल्प प्रस्तवामा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री कार्की अल्पमत परेको र कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने नलिए प्रदेश प्रमुखले नयाँ सरकार गठनको आब्हान गर्नुपर्ने उल्लेख गरिएको छ । 


मुख्यमन्त्री कार्कीले आफु संविधानको धारा १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेको स्मरण गराउँदै प्रदेशसभाबाट पारित सङ्कल्प प्रस्तावमा उल्लेखित विषय संविधानको मर्म र भावना विपरीत रहेको भन्दै त्यसै आधारमा नयाँ सरकार गठन गर्न खोज्नु असंवैधानिक हुने पत्रमा उल्लेख गर्नु भएको छ ।

 

 

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्