पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने २ शिक्षक उत्तरपुस्तिकासहित प्रकाउ
पाेखरा | बैशाख १७, २०८१
पोखरा: पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने २ शिक्षकलाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ११ फुलबारीस्थित शिवशक्ति माविमा सञ्चालक भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोपमा २ शिक्षकलाई हिजो (आइतबार) प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
विद्युतीय माध्यमबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा पोखरा ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोलालाई ८ थान उत्तर पुस्तिका र ३ थान मोबाइल सहित प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलिले उनीहरुलाई प्रकाउ गरेको हो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

