गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडाैं | बैशाख १७, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौं:     सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ ।


सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान  र सारंगा सुवेदीको इजलासले पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।


सर्वोच्चले मुख्यमन्त्रीसँग बहुमत भए नभएको परीक्षण प्रदेशसभामा बाटै हुने विकल्ल रहेको भन्दै अधिकारीको नियुक्ति बदर र पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश दिन अस्वीकार गरेको हो ।


अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी पेस गर्नु भएको थियो । सोही दाबीका आधारमा अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत १५ मा मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

 

 

 

 

 

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्