इक्यान कास्कीले शैक्षिक बहस (इडियू ३६०) गर्दै, मुख्य वक्तामा महानायक राजेश हमाल

पाेखरा | चैत २६, २०८०

इक्यान कास्कीले शैक्षिक बहस (इडियू ३६०) गर्दै,  मुख्य वक्तामा महानायक राजेश हमाल

पोखरा:       नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ ।

 

इक्यान कास्कीले आज (सोमबारं पोखरामा पत्रकार सम्मेनल गर्दै चैत ३० गते शैक्षिक बहस कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । 


नेपाल शैक्षिक परामर्श संघ कास्कीका उपाध्यक्ष सन्तोष शाहीले चैत ३० गते पोखरामा शैक्षिक बहस कार्यक्रम आयोजना गरिएको बताए । ‘हामीले चैत ३० गते राष्ट्र निर्माणको लागि विश्वव्यापी शिक्षा विषयमा बहस गर्दै छौं’, उपाध्यक्ष शाहीले भने, ‘कार्यक्रममा तीन सेसन हुन्छ, पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताको विचार सुन्ने छौं जसमा मुख्य वक्तामा महानायक राजेश हमाल आउनुहुन्छ ।’


उनका अनुसार अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट)का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् ।


ग्लोवल एजुकेशनका विषयमा lशिक्षाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए । 


कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए ।


बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । 


कार्यक्रममा विद्यार्थी, अभिभावकलाईसमेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे ।


इक्यान कास्कीले यसअघि पनि विभिन्न शैक्षिक मेला गर्दै आएको छ । विद्यार्थीहरुको चाहनाअनुसार नै शैक्षिक मेलाको आयोजना हुने गरेको आयोजक संस्थाको भनाई छ । हाल इक्यान कास्कीमा मात्रै ४६ वटा शैक्षिक संस्था आबद्ध छन् । कार्यक्रम पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा हुनेछ । 

पोखरा:   पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ ।   पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभ...

थप पढ्नुहोस्

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरेको छ ।    बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सल्लाहकार परिषद् गठन गरेको छ ।   गत सालको चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रि...

थप पढ्नुहोस्