तनहुँमा दाउ हानेर श्रीमतीको हत्या,  जितबहादुर पक्राउ

तनहुँ | चैत २६, २०८०

तनहुँमा दाउ हानेर श्रीमतीको हत्या,  जितबहादुर पक्राउ

तनहुँ:  आफ्नै श्रीमतीको हत्या गरेको आरेपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा  व्यास नगरपालिका–५ सेरा चापाटार बस्ने ४० वर्षीय जित बहादुर कुमाल रहेका छन् ।

 

प्रहरीका अनुसार उनले आफ्नै श्रीमती ३६ वर्षीया सुन माया कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेका थिए ।

 

घटनापछि सुनमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्