एरिका गुरुङ अमेरिकामा नौ लाख नगदसहित सम्मानित

काठमाडाैं | चैत २६, २०८०

एरिका गुरुङ अमेरिकामा नौ लाख नगदसहित सम्मानित

काठमाडौं:     नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँ भन्दा बढि नगद पुरस्कारबाट सम्मानित भएकी छिन् । 


चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता एरिकालाई च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आयोजना गरेको कार्यक्रममा नौ लाख ३२ हजार चार सय ६३ रुपियाँ (सात हजार ११ अमेरिकी डलर) सहित सम्मान गरिएको हो । 


एरिका हाल युएसए ओपन कराते च्याम्पियनसिप खेल्न अमेरिका गएकी थिईन् । एरिकाले युएसए ओपन करातेमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण र सोही तौलको सिनियर खुलामा रजत पदक जितेकी थिईन् । 


एरिकालाई ११औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रमबिच नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको हो । 


एरिकाको सम्मानका लागि तमु परिवारले दुई हजार सात सय ५६, तमु सोसाईटीले नौ सय ५३, सुदूरपश्चिम समाजले पाँच सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले एक सय ९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी रकम च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीबाट प्राप्त रकमबाट सम्मान गरिएको च्याम्पियन मार्सल आर्ट्स क्लबका लामाले जानकारी दिए । 
 

सो अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवं आठौँ र नवौँ सागका स्वर्णपदक विजेता दीपक श्रेष्ठ, १०औँ सागमा स्वर्ण विजेता एवं प्रशिक्षक कुशल श्रेष्ठ, १३औं सागका स्वर्णपदक विजेता अनु अधिकारी र विप्लवलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। 


अनु अमेरिकामा बस्दै आएकी छिन् भने एरिका, विप्लव, दीपक र कुशल युएसए ओपनमा भाग लिन अमेरिका पुगेका हुन्। एरिका लगायतलाई क्लबका लामा, १३औँ एसियाडका कांस्य पदक विजेता सम्बरबहादुर गोलेलगायतले सम्मान गरेका थिए । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।  प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारम...

थप पढ्नुहोस्

काठमाडौं:    ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अ...

थप पढ्नुहोस्