आठ महिने तथ्याङ्क: देशभरबाट कुल १ हजार ८ सय १७ जुवाडे पक्राउ, गण्डकीमा २ सय ९९
२ करोड ६३ लाख ४५ हजार ४ सय १७ रूपैयाँ बरामद
पाेखरा | चैत २१, २०८०

पोखरा: चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिने अवधि) देशभरबाट कुल १ हजार ८ सय १७ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाबाट ७ सय ७९ जना, कोशी प्रदेशबाट १ सय १५ जना, बागमती प्रदेशबाट १ सय १३ जना, गण्डकी प्रदेशबाट २ सय ९९ जना पक्राउ परे ।
यस्तै लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १ सय ४ जना र सुदूरपश्चिम प्रदेशबाट ३ सय १३ जना रहेका छन् ।
उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ ।
जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो ।
यस्तै जुवातास खेल्नेहरूबाट ५ सय ५४ बुक तास, २ सय ५० थान कौडा लगायतका समाग्री बरामद भएको छ ।
जसमध्ये काठमाडौं उपत्यकाबाट २ सय ७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
पर्वत: लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । आइतबार बिहान यस वर्षयताकै उच्च वि...
काठमाडौं: उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...
मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...