हस्तकला उद्योगमा पोखरा र ललितपुरको सहकार्य

पाेखरा | चैत २१, २०८०

हस्तकला उद्योगमा पोखरा र ललितपुरको सहकार्य

पोखरा:    पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ ।


अध्ययन  भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो ।


हालै पर्यटनको राजधानी घोषणा भएको पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य हो भने नेपालबाट निर्यात हुने ८० प्रतिशत हस्तकलामका सामग्री उत्पादन हुने ललितपुलाई विश्व हस्तकला सङ्घले हस्तकलाको राजधानी घोषणा गरेको छ ।


पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष  गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य र पर्यटन विकासका क्षेत्रमा विशिष्ट योगदान गरेको बताउनुभयो ।


पोखरा उद्योग वाणिज्य सङ्घ व्यापारीको संस्थामात्र नभएर सामाजिक जागरण र विकासको अभियन्ता भएको बताउँदै सङ्घले उहाँले हस्तकलासहितका मौलिक नेपाली उत्पादनको बिक्री र प्रदर्शनी गर्न कोसेलीघर निर्माणको अभियान थालेको उल्लेख गर्नुभयो । यस अभियानमा ललितपुरसँग सहकार्य गरिने उहाँले बताउनुभयो ।


ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वलाल बज्राचार्यले हस्तकलाका लागि ललितपुर प्रख्यात रहे पनि पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा समस्या भएको बताउनुभयो । सङ्घले सीप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । 


पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष उत्तमान बुद्धाचार्य, महासचिव बलराम आचार्य, ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मनोजबहादुर न्याचुन, सर्जना श्रेष्ठ, सुजन बज्राचार्यलगायत सहभागीले व्यावसायिक साझेदारीले व्यवसाय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

पर्वत: लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो ।  आइतबार बिहान यस वर्षयताकै उच्च वि...

थप पढ्नुहोस्

काठमाडौं:  उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...

थप पढ्नुहोस्

मकवानपुर:  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...

थप पढ्नुहोस्