तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी विवश घाइते

मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदै

पाेखरा | चैत २०, २०८०

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी विवश घाइते

पोखरा:   तनहुँको भिमादमा मोटरसाइकल दुर्घटना हुँदा गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर घाइते भएका छन् । 

 

तनहुँको भिमादमा जारी स्थानीय प्रतियोगिता खेलेर हिजो (सोमबार) घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भलिबल खेलाडी आलेमगर घाइते भएका हुन् । 

 

घाइते भएका आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेशका भलिबल प्रशिक्षक रमेश केसीले जानकारी दिए । 

 

‘गण्डकी प्रदेशका भलिबल खेलाडी विवश आलेमगर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको खबरपछि हामी अस्पतालमा गएका थियौं’, प्रशिक्षक केसीले भने, ‘खेलाडी आलेमगरको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले अवस्था नर्मल नै भन्नुभएको छ ।’

 

उनका अनुसार घाइते आलेमगरको रिर्पोट नर्मल नै देखिएको छ ।

 

‘अस्पतालमा उपचारत खेलाडी आलेमगरको रिपोर्ट आइसकेको छ । अवस्था नर्मल नै भन्नुभएको छ्, उनले भने, ‘हामी बिहान ४ बजे मात्र कोठामा फर्किएका हौं । भाईलाई केही दिन अस्पतालमै राखेर थप उपचार गर्छौ ।’

 

प्रदेश खेलकुद परिषद् बागमतीले चितवनको भरतपुरमा चैत २४ देखि २६गतेसम्म आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि जनाउन गण्डकी प्रदेश भलिबल संघले विवश आलेमगरसहित हरि पाण्डेको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ । 

 

चिकित्सका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका आलेमगरले एक महिना आराम गर्नुपर्ने भएपछि उक्त प्रतियोगिता गुमाउने छन् । विवश गण्डकीको भलिबल टिमका महत्वपूर्ण खेलाडी हुन् ।

पोखरा:     विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा ड...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत...

थप पढ्नुहोस्

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्