मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु

४५ प्रतिशत सेवाग्राहीलाई सहजता

पाेखरा | बैशाख ९, २०८१

मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय कार्यान्वयन सुरु

पोखरा:  गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । 

 

विभिन्न ११ जिल्लाका अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । 

 

यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक तयारीमा समेत जुटेका छन् । 

 

सेवा सुरु गरेको अस्पतालको तथ्यांक हेर्दा यो प्रभावकारी देखिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले निर्णय कार्यान्वयन हुन थालेको बताउनुभयो ।  

 

‘कार्यान्वयनको तहमा हेर्ने हो भने म्याग्दीको बेनी अस्पतालमा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको छ, लमजुङ अस्पतालमा पनि सञ्चालनमा रहेको छ, मध्यविन्दु अस्पतालमा समेत सञ्चालनमा गएको छ । मैले हिजो मात्र अपडेट लिएको थिए स्याङजा अस्पतालले यहीं आइतबार वा सोमबारबाट सुरु गर्दैछ’ उहाँले भन्नुभयो । 

 

अरु धेरैं अस्पतालमा यो सेवा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने भनेर तयारी भइरहेको समेत उहाँले खुलाउनुभयो । 

 

यो सेवाको कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोतको लागि मुख्यमन्त्रीबाट स्विकृत भएर स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको समेत उहाँले जानकारी दिनुभयो । 

 

‘यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि थप जनशक्ति र स्रोत के चाहिन्छ हामीले त्यो आकलन गरिसकका छौं । त्यसको बन्दोवस्तीको लागि माननीय मुख्यमन्त्रीज्यू अहिले हाम्रो विभागीय मन्त्री पनि हुनुहुन्छ उहाँले स्वीकृत गरेर अर्थ मन्त्रालयमा थप स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको छ’ सचिव डा.शर्माले भन्नुभयो ।

 

उहाँका अनुसार सेवा सुरु भएका अस्पतालको तथ्यांक अनुसार सेवा थप भएको समयमा सेवा लिनेको संख्या ४५ प्रतिशत रहेको छ ।

 

 ‘१० बजेदेखि ५ बजेसम्मको अवस्थामा ५५ प्रतिशत र  बिहान र बेलुकाको समयमा ४५ प्रतिशतले सेवा लिएको छ । यसरी हेर्दा थोरै जनशक्ति र स्रोतले यो कार्यक्रम प्रभावकारी भएको छ । बिहान ७ देखि बेलुका ७ को ओपीडीको अवधारणले ४५ प्रतिशत सेवाग्राहीलाई फाइदा  देखिएको छ’ उहाँले थप्नुभयो । 

 

यसले टाढा गाउँबाट उपचारको लागि सदरमुकाम झरेका बिरामीको खर्च बचाउनुको सट्टा उनीहरूलाई जिल्ला अस्पतालको सेवा लिनमा सहजता बनेको उहाँले सुनाउनुभयो ।

 

‘माननीय मुख्यमन्त्रीज्यूले यो ढोका खोल्नु भएको छ । यो अत्यन्तै अपेक्षित छ, यसबाट के पनि सिकाइ भयो भने बिहान गाउँबाट सदरमुकाममा आउँछन् उनीहरू सदरमुकाम आइपुग्दा बेलुका हुन्छ, अस्पतालको १० देखि ५ को समय टरेको हुन्छ । बेलुका उनीहरू बजारमा आएर स्थानीय स्वास्थ्य क्लिनिक, पोलिक्लनिकहरूमा देखाएर औषधी पोको पारेर जाने अवस्था थियो । उनीहरूलाई अस्पतालको सेवाले समावेश गर्न सकेको थिएन, यो विशेष सिकाइ भएको छ’ उहाँको भनाइ थियो । 

 

अब अर्को वर्षको कार्यक्रममा विशेष कार्यक्रमको रुपमा लिएर जाने तयारी मन्त्रालयले गरेको समेत उहाँले बताउनुभयो । न्युनतम  स्रोत र साधनको सहयोगले पनि विशेष काम गर्न सकिन्छ भन्ने पुष्टि भएकोले यसलाई निरन्तर लैजाने हिसाबले व्यवस्थित गर्ने तयारी भएको छ ।
 

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्