नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा कालिका माविकी रिया गुरुङको शतक
कालिका र सिद्ध विजयी
पाेखरा | बैशाख १७, २०८१
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुमा सिद्ध मावि र कालिका मावि विजयी भएका छन् ।
पहिलो खेलमा सिद्धले लक्ष्मी माविलाई ६९ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । उसका लागि रचना चौधरीले ४८ रन हानिन् । एलिना श्रेष्ठले ११ रन बनाइन् । लक्ष्मी माविको बलिङमा सुनिता घिसिङले २ तथा सुप्रिया गुरुङले १ विकेट लिइन् ।
१ सय ३१ रनको लक्ष्य पाएको लक्ष्मी माविले १२.४ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । लक्ष्मीका प्रिति भट्टराईले १० तथा मोनिका जैसवालले ७ रन बनाए । सिद्धका बलर रचना चौधरीले २ रन खर्चिएर ७ विकेट लिइन् । सुसिला दिमडुङले २ रन खर्चिएर ४ विकेट लिइन् । खेलमा रचना सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।
अर्को खेलमा कालिकाले सिर्जना माविलाई १ सय ४१ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको कालिकाले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रनको विशाल योगफल तयार पारेको थियो ।
सो खेलमा कालिकाकी रिया गुरुङले प्रतियोगिताकै पहिलो शतकिय पारी खेल्दै अभिजित १ सय १ रन प्रहार गरिन् । कृष्टा तिलिजा पुनले ३६ रन बनाइन् । सिर्जनाका बलर सुस्मिता पौडेलले १ विकेट लिइन् ।
प्रत्युत्तरमा सिर्जनाको पारी ८२ रनमै समेटियो । कालिकाकी बलर श्रद्धा गुरुङले ५ तथा पूर्णिमा गुरुङ र अञ्जना सिंखडाले समान २ विकेट लिए । खेलमा प्रतियोगिताकै पहिलो शतर प्रहार गरेकी रिया गुरुङ सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच भइन् ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

