सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

काठमाडाैं | बैशाख ६, २०८१

सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

काठमाडौं:   प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ । 

 

शर्माले आज हेपाली हाइटमा रहेको डा.भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै डा.शर्माले राज्यले गर्नुपर्ने काम डा.कोइरालाले आफैँ गर्न लाग्नुभएको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताउनुभयो । 

 

डा.कोइराला अध्यक्ष रहेको (कियोच)ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।

 

कियोचले राजधानी काठमाडौंमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सात वटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा.कोइरालाले जानकारी दिनुभयो । 

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्