एलसी ब्रदर्श नेकोस खेल महोत्सवको फाइनलमा प्रवेश

पाेखरा | चैत ७, २०८०

एलसी ब्रदर्श नेकोस खेल महोत्सवको फाइनलमा प्रवेश PHOTO: UMESH PUN

पोखरा:   लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ एलसी ब्रदर्श फाइनल प्रवेश गरेको छ ।
 

भण्डारढिक खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै एलसी ब्रदर्श उपाधि नजिक पुगेको हो ।

 

निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । 

 

फाइनल प्रवेश गरेको एलसी ब्रदर्श बिहीबार हुने अर्काे सेमिफाइनल खेल (आदर्श क्लब भण्डारढिक र सहारा क्लब पोखराबीच) को विजेता टोलीको स्वागतमा छ । 

 

आदर्श क्लब भण्डारढिक र सहारा क्लबबीच बिहीबार बिहान ११ बजेअर्काे सेमिफाइनल खेल हुने खेल संयोजक विष्णु पुनले जानकारी दिए ।

 

उनका अनुसार आदर्श क्लब भण्डारढिक अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने सहारा क्लबले बुधबार विष्णुपादुका क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

 

सो खेलको विजेता टिमले एलसी ब्रदर्शसँग फाइनलमा उपाधिका लागि भिड्नेछ ।

 

गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 

काठमाडौं:   वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउ...

थप पढ्नुहोस्

पर्वत :   पर्वतको जलजला गाउँपालिका–२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण वि...

थप पढ्नुहोस्

मुस्ताङ:     मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएक...

थप पढ्नुहोस्