कास्कीमा घाँस काट्न गएका भण्डारी मृत फेला

पाेखरा | फागुन २, २०८०

कास्कीमा घाँस काट्न गएका भण्डारी मृत फेला

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेका नारायण भण्डारी मृत भेटिएका छन् । हिजो(मंगलबार) घाँस काट्न जंगल गएका ४३ वर्षीय भण्डारी राति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्की प्रहरीका अनुसार दिउँसो घरबाट घाँस काट्न निस्किएका भण्डारी रातिसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् । 


मृत भेटिएका भण्डारीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लिइएको कास्की प्रहरीले जनाएको छ । 


 

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्