भुलौं कसरी ?

नवलपुर | फागुन २, २०८०

भुलौं कसरी ?

जीवनका कहानी अनेकौं होलान्

प्रेमका परिभाषा र पात्र पनि धेरै होलान्

तर हामीबीच सम्बन्ध सधैं हामी नै रहन्छौं 

हामी नै हुन्छौं चाहे जीवनले नयाँ अध्याय शुरु गरोस्

या नयाँ बोटो रोजोस् !

सदियौं पुरानो प्रेमिल यात्राको पनि पूर्णविराम रहोस् यद्यपि जिवन्त प्रेम गर्न पाइयोस आशातीतमा म...

 

हुन्थ्यौ भने तिमी 
गणित किताबको फर्मुला
म उहिल्यै भुलिसक्थे
हुन्थेउ भने तिमी 
विज्ञान किताबको परिभाषा
म उहिल्यै भुलिसक्थे

 

हुन्थेउ भने तिमी
आमाले गरेको गाली
बा’ले कुटेको क्षण
म उहिल्यै भुलिसक्थे तिमीलाई

तर ...

तिमी त हौ बेस्सरी दुखेको दिन

बेस्सरी रोएको रात
तिमी त हौ मुटु छेडेको सम्झना
श्वास अँठ्याउने याद...

 

अब भन
कहिले मनको मझेरीमा
कहिले मस्तिष्कको आँगनमा
र कहिले कलेजीको गुन्द्रीमा
वर्षौदेखि नाची बसेकी तिमीलाई

 

म भुलौं कसरी..?

 

-इश्वरजंग गाहा थापामगर  (कावासोती -२, नवलपुर)

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...

थप पढ्नुहोस्