पोखरामा अवैध ६ केजी सुन, ६२ लाख नगदसहित भारतीय नागरिक प्रकाउ
पाेखरा | फागुन १, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट अवैध सुनचाँदी,नगदसहित भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पोखराबाट प्रहरीले आज (मंगलबार) भारतीय नागरिक सुरजित भौमिकलाई अवैध सुनचाँदी र नगदसहित प्रकाउ गरेको हो ।

प्रहरीले भारतको पश्चिम बंगाल घर भएका ४० वर्षीय भौमिकलाई अवैध सुनका गरगहना ५ केजी २ सय ग्राम, काँचो सुन ९ सय ९९ ग्राम एक ढिका (विस्कुट) र ५० ग्रामको १ ढिका(विस्कुट) , , ६ किलो चाँदी र ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकहरुको चेक १३ थान, आधार कार्ड १ थान, मोवाईल १ थान, डायरी १ थानसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

अवैध सुनचाँदी र नगदसहित प्रकाउ परेका भारतीय नागरिक भौमिकलाई भोलि (बुधबार) थप अनुसन्धानका लागि राजस्व विभाग ललितपुर पठाइने कास्की प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

