अन्तरजातीय प्रेमसम्बन्ध: भीष्मको हत्या आरोपमा प्रमिकाको बाबु र ठुलोबुवा पक्राउ
दोलखा | माघ २९, २०८०
दोलखा: दोलखाको शैलुङमा भएको हत्याकाण्डका आरोपीहरुलाई आइतबार प्रहरी सार्वजनिक गरेको छ।
हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका–५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको हो।
गत पुसमा शैलुङ गाउँपालिकाका– ४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई उनीहरुले खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ।
युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए। उनका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए।

(भीष्म भण्डारी)
गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो।
विवादपछि किशोरीका ठुलोबुबाका छोरा विशाल नेपाली पनि पुगेका थिए।त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर घाँटी रेटेर हत्या गरेका थिए।
दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ।
त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

