माछापुच्छ्रेमा एक केजी गाँजासहित २ जना प्रकाउ
पाेखरा | माघ १५, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला कोल्चोकबाट प्रहरीले २ जना एक केजी ३० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीको टोलीले कोल्चोकबाट दुईजनालाई हिजो (आइतबार) लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका–१७ घारेपाटन बस्ने ३४ वर्षीय कुमार सुनार र २८ वर्षीय सन्तोष सुनारलाई कोल्चोकबाट गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

