एमएमसीविरुद्द जावलाखेलको संघर्षपूर्ण जीत, सेमिफाइनलमा थ्री स्टारसँग भिड्ने
पाेखरा | माघ १५, २०८०
पोखरा: जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्द संघर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
पोखराको रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा पराजित गर्दै जावलाखेल सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित तथा अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाईब्रेकरमा पुुगेको थियो ।
टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि सडन डेथबाट निर्णय भयो । दुवै टिमका ९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल सडन डेथमा ७–६ गोल अन्तरले विजयी भयो ।

नवौं पेनाल्टी सुटरका रुपमा आएका एमएमसिका पोखरेली फुटबलर रन्दिप पौडेलको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिश देउलाले बचाएपछि जावलाखेलले सेमिफाइनलको यात्रा पक्का गर्याे ।
सेमिफाइनलमा अब जावलाखेलले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार हुने चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीचको विजेता टोलीसँग भिड्नेछ ।
आहा! रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

