सामाजिक सञ्जालबाट आक्षेपको राजनीति गरेको छैन:  उपप्रधानमन्त्री खड्का

काठमाडाैं | माघ १३, २०८०

सामाजिक सञ्जालबाट आक्षेपको राजनीति गरेको छैन:  उपप्रधानमन्त्री खड्का

काठमाडौं:    उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन् । 


शनिबार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचनपछि उनले यस्तो बताएका हुन् । उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे ।

 


उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए । उनले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको बताए ।

 

‘किशोरजीले आफ्नो बोल्ने क्रममा एउटा टिप्पणी गरे । त्यसले मलाई आफूलाई जोड्न मन लाग्यो । उनले भने, राजनीतिक नेताहरुका आफ्नै पत्रपत्रिका छन् । नेताहरु सामाजिक सञ्जालमा खुलेर दोहोरी गरिरहेका छन् । चलिरहेको छ भन्नेकुरासँग जोड्नुभयो । त्यो सन्दर्भमा किशोरजीको त्यो भनाइले म अझै नेता हुने ठाउँमा पुगिसकेको रहेनछु भन्नेकुरा बल्ल भयो ।’’ उपप्रधानमन्त्री खड्काले भने, ‘‘किनभने मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन । सामाजिक सञ्जालमा म उहाँले भनेको जस्तो दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो  ।’’


उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शिर्ष नेताहरुको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबी गरे ।

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्