गण्डकी प्रदेश टेनिस संघको अध्यक्षमा ‘बिनोद कायस्थ’

पाेखरा | माघ १३, २०८०

गण्डकी प्रदेश टेनिस संघको अध्यक्षमा ‘बिनोद कायस्थ’

पोखरा:    गण्डकी प्रदेश टेनिस संघ तदर्थ समितिको अध्यक्षमा बिनोद कायस्थ सर्वसम्मत चयन भएका छन् ।


प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शनिबार सम्पन्न भेलाले अध्यक्षमा कायस्थसहित ९ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, सचिवमा नविन चालिसे र कोषाध्यक्षमा प्रीती बराल चयन भएका छन् ।


यसै गरी कार्यसमिति सदस्यमा सञ्जय खड्का (बागलुङ), दिपक श्रेष्ठ (तनहुँ), मुकुन्द मल्ल (पर्वत) र चिन बहादुर पुन (नवलपुर) रहेका छन् ।


अध्यक्षमा निर्वाचित कायस्थ कास्की टेनिस संघको संस्थापक अध्यक्ष तथा नेपाल टेनिस संघको उपाध्यक्ष समेत् हुन् । उनको कास्कीको टेनिस खेल विकासमा महत्वपूर्ण योगदान रहेको छ । उनकै नेतृत्वमा पोखरा रंगशालामा टेनिस कम्लेक्सको निर्माण तथा विकास समेत भएको हो । अध्यक्ष कायस्थले कास्की केन्द्रित टेनिस खेललाई प्रदेशका ११ जिल्लामा नै विस्तार गर्न आफ्नो तर्फबाट सक्दो पहल हुने प्रतिवद्धता व्यक्त गरे ।


यस अघि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं खेल पत्रकार केशव पाठकले बधाई दिंदै गण्डकी प्रदेशको टेनिस खेलको विकासमा नयाँ नेतृत्वले योजनावद्ध रुपमा योजनाहरु अघि सार्न आग्रह गरे ।


कार्यक्रम भेला गठन समितिका संयोजक एवं नेपाल टेनिस संघका उपाध्यक्ष कायस्थको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य राजन बडगामीले समेत आफ्ना भनाई राखेका थिए । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्