पोखरामा बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द प्रकाउ

पाेखरा | माघ ३, २०८०

पोखरामा बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द प्रकाउ

पोखरा:    पोखरामा पार्किङ गरेको बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द परियार प्रकाउ परेका छन् । जीप चोरी गरेको आरोपमा प्रहरीले गोविन्दलाई आज (बुधबार) प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरेर राखेको ग २ च २३४३ नम्बरको बोलेरो जीप चोरी भएको सूचनापछि खोजी कार्यका लागि निस्किएको रामबजार प्रहरीले पोखरा १४ समिनतराबाट गोविन्दले उक्त जीप चलाउँदै गरेको अवस्थामा फेला पारेको थियो । 


पार्किङ स्थलबाट हराएको जीप पोखरा–१४ खाल्टेमसिना बस्ने २० वर्षीय गोविन्द परियारले चलाउँदै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 


चोरी गरेको आरोपमा प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ६दिनको म्यान थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

     

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्