पोखरामा ब्राउनसुगरसहित अनिल प्रकाउ
पाेखरा | पुस २५, २०८०
पोखरा: पोखरा लागूऔषध ब्राउनसुगरसहित स्याङ्जाका अनिल गुरुङलाई प्रहरीले प्रकाउ गरेको छ । गुरुङलाई लागूऔषध ब्राउनसुगरसहित आज (बुधबार) प्रहरीले प्रकाउ गरेको हो ।

स्याङ्जाको भिरकोट नगरपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका १५ कोलपाटन बस्ने ३४ वर्षीय गुरुङलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो ६ ग्राम २सय मिलिग्राम पदार्थसहित प्रकाउ गरेको हो ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

