केटीको फेक आइडी बनाएर ठगी गर्न खोज्ने तालचोकका रिमालसहित ३ युवक पक्राउ

पाेखरा | पुस १७, २०८०

केटीको फेक आइडी बनाएर ठगी गर्न खोज्ने तालचोकका रिमालसहित ३ युवक पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले फेसबुकमा फेक आइडीमार्फत ठगी गर्न खोजेको आरोमा तीन युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ढ तालचोकका २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका १३ का २०वर्षीय पवेश रिमाल र सिरहाको लाहान नगरपालिका १ रमाद मटियवरा बस्ने २१ वर्षीय पुनिक सिंह रहेका छन् ।

 

प्रहरीका अनुसार उनीहरुले केटीको फेक आइडी बनाएर पुरुष व्यक्तिहरुलाई अश्लिल भिडियो कल गरी स्किृन रेकर्ड गरी सार्वजनिक गर्ने धम्की दिई रकम माग्ने गरेका थिए ।

 

उनीहरु विरुद्ध परेको उजुुरीका आधारमा चितवन प्रहरीको समन्वयमा हिजो पक्राउ गरी कास्की ल्याइएको छ ।

 

पक्राउ परेका उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा लाभ (एक्सटर्सन) सम्बन्धि कसुर र विद्युतीय अपराध सम्बन्धि कसुरमा अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्