अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा आउँदै गरेको ५ वटा टिप्पर एक्यापको नियन्त्रणमा
पाेखरा | पुस ४, २०८०
पोखरा: अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गरेका ५ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा आज बिहान अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गरेर पोखरातर्फ ल्याउँदै गर्दा प्रहरीले पोखरा महानगर–१९ चितेपानीबाट ५ वटा टिप्परलाई नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको हो ।
एक्याप क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गर्दा ग १ ख १७८, ग १ क ८४२९, ग २ ख ७७, ग १ क १५१४ नम्बरको टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनिटिप्परले बिना कागजपत्र नदीजन्य पदार्थको उत्खनन गरेर चोरी निकासी गरेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

