पोखरामा पर्यटकलाई हनि ट्रयापमा पारी लुटपाट गर्ने ५ जना प्रकाउ
पाेखरा | पुस ४, २०८०
पोखरा: पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई हनि ट्रयापमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना महिलासहित ५ जनालाई प्रकाउ गरेको छ ।
बसपार्क क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई विभिन्न प्रलोभनमा देखाई हनि ट्रयापमा पारेर लुटपाट तथा पकेटमार गरी दुःख दिने कार्यमा संलग्न भएको आरोपमा पृथ्वीचोक बसपार्कबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई हिजो (मंगलबार) प्रकाउ गरेको हो ।

पोखरा महानगरपालिका २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन स्थायी घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, पोखरा ९ बस्ने १९ वर्षीय मन्जु नेपाली, पोखरा ९ बस्ने १९ वर्षीय सम्झना परियार र लमजुङ स्थायी घर भई पोखरा ९ बस्ने योगेश गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
उनीहरुले पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई महिलाहरुको प्रयोग गेर घुमफिर गर्न आउने पुरुष व्यक्तिहरुलाई होटल मिलाई दिने बहानामा विभिन्न प्रलोभनमा पारेर एकान्त ठाउँमा लगि पैसा तथा मोबाइल फोन लुटपाटमा संलग्न भएको पाइएपछि प्रकाउ गरेको बैदाम प्रहरीले जनाएको छ ।
प्रकाउ परेका पाँचै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्धामा आज जिल्ल प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

