चितवनमा ढुंगाले हानेर आफ्नै बुवाको हत्या, छोरा सुनिल पक्राउ

चितवन | मंसिर २७, २०८०

चितवनमा ढुंगाले हानेर आफ्नै बुवाको हत्या, छोरा सुनिल पक्राउ

चितवन:  जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका २१ वर्षीय सुनिल चेपाङ रहेका छन् ।

 

उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो  ।

 

प्रहरीका अनुसार सुनिलले आफ्ना बुवा ४१ वर्षीय रामशरण चेपाङलाई ढुंगा प्रहार गरेका थिए । 

 

त्यसपछि गम्भीर घाइते भएका रामशरणको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको थियो । 

 

घरायसी सामान्य विवादको क्रममा आफ्नो बुवालाई ढुंगा प्रहार गरेको बताइएको छ ।

 

सो विषयमा अहिले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको  छ ।
 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्