अन्नपूर्ण गाउँपालिकामा सर्वोकृष्ट अङ्क सहित कक्षा १२ उत्तिर्ण अनिता घान्द्रुकमा सम्मानित
काठमाडाैं | असोज १२, २०८०

पोखरा: मेश्रोम बराह माविकी विद्यार्थी अनिता जैसीले कक्षा १२ को परीक्षामा अन्नपूर्ण गाउँपालिकाबाट सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भएपछि घान्द्रुकमा सम्मानित भएकी छिन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित मेश्रोम बराह माविबाट अनिताले कमर्स (म्यानेजमेन्ट) विषयमा गाउँपालिका भित्र नै सर्वोकृष्ट अङ्क लिएर पास भएपछि विद्यालयले नगदसहित सम्मान गरेको छ ।
विद्यालयले अनितालाई नगद १२ हजारसहित सम्मानपत्रले सम्मान गरेको मेश्रोम बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको कक्षा १२ को परीक्षामा अनिताले ३.३८ जिपीए लिएर गाउँपालिका टप गरेकी थिईन् ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले गाउँपालिका सर्वोकृष्ट अङ्क लिएर पास भए चार विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
उनले मेश्रोम विद्यालयबाट कक्षा ५, ८, १० र १२ को वार्षिक परीक्षामा गाउँपालिका भित्र सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भए क्रमशः ५, ८, १० र १२ सहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
अध्यक्ष गुरुङले उत्कृष्ट अङ्क लिएर पास गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्दा अध्ययनमा रुची बढेर जाने विश्वास गरे ।
कार्यक्रममा सम्मानित अनिता जैसीले गाउँकै विद्यालयमा अध्ययन गरेर गाउँपालिकामा नै उत्कृष्ट अङ्क लिएर पास हुँदा खुशी व्यक्त गरिन् ।
गतवर्ष कक्षा १२ को वार्षिक परीक्षामा मेश्रोम बराहबाट ३३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा अनिताले गाउँपालिका भित्र नै उत्कृष्ट अङ्क लिएर उत्तिर्ण भएकी हुन् ।
सोही अवसरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांगितिक कार्यक्रम समेत आयोजना गरेका थिए ।
कार्यक्रम कक्षा १२ का विद्यार्थी लक्ष्मी ल्वाइगुनको अध्यक्षता, प्रमिला क्षेत्रीको स्वागत र विद्यार्थी राजेश गुरुङ, स्वेता विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
मुस्ताङ: वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका ...
पोखरा: पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक सम...
पोखरा: इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ । संस्थाले आफ्नो वार्ष...