गन्नी एफसीलाई जिताकोट रनिङ्ग शिल्डको उपाधि

लमजुङ | साउन ९, २०८०

गन्नी एफसीलाई जिताकोट रनिङ्ग शिल्डको उपाधि Photo: Suraj Gurung

पोखरा:   लमजुङको जिताकोटमा सम्पन्न विष्णु बहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ रनिङ शिल्डको उपाधि पोखराको गन्नी एफसीले जितको छ ।

 

जिताकोट गोल्डेन फ्युचर युवा क्लबद्वारा साउने संक्रान्तिको अवसरमा आयोजित फाइनल खेलमा सुन्दरबजार एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गन्नी एफसीले उपाधि जितेको हो ।

 

उपाधिसँगै गन्नीले (१ सय तोला बराबरको चाँदीको) रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख १५ हजार प्राप्त गर्याे ।

 

 

यस्तै उपाविजेता बनेको सुन्दरबजारले मेडल र प्रमाणपत्रसहित नगद रु ७० हजार प्राप्त गर्याे ।

 

सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नीका अनुज भण्डारी घोषित भए ।

 

यस्तै सर्वाधिक गोलकर्ताका रुपमा १० गोल गरेका रोशन क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आकाश रानाभाट घोषित भए ।

 

कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा  फेयर प्लेको ट्रफी १० हजारसहित केवाइसी खमारीबोटले जितेको थियो । 

 

विजेता तथा उपविजेता टोलीलाई मध्यनेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्