३ वटा राजमार्ग ८ ठाउँमा अवरूद्ध, १९ स्थानमा एकतर्फी सञ्चालन

पाेखरा | साउन ९, २०८०

३ वटा राजमार्ग ८ ठाउँमा अवरूद्ध, १९ स्थानमा एकतर्फी सञ्चालन Photo: Nepal Police

पाेखरा:    अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्।

 

सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ,

 

त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ।

 

यस्तै, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको सडक पाल्पाको ६ स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको छ।

 

यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ।

 

मौसमजन्य विपदका कारण  राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्